२०८१/०८२ का भए गरेका कार्यहरु

वन संरक्षण सम्वर्द्धनका लागि :
१. समूहको वन क्षेत्रभित्र अग्निपथहरुको सरसफाई
२. वनक्षेत्रभित्र लाग्ने डढेलो नियन्त्रण गर्नका लागि उपभोक्ता र समितिको संयुक्त प्रयासमा फयर लाइन बनाई अग्नीपथ सरसफाई गरिएको ।
३. समूहमा कार्यरत (वन हेरालु) लाई वन क्षेत्रमा खटाइएको ।
४. समूहले समूहबाट भए गरेका काम कार्य गतिविधिलाई सुचना मार्फत उपभोक्ताविच सम्प्रेषण तथा जानकारी गराउन सामुदायिक रेडियो विजय एफ.एम फास्ट खबर अनलाईन मुकुन्दशेन टेलिभिजन मार्फत हरियो वन कार्यक्रम संचालनमा ल्याइएको ।
५. समूहको खण्ड नं. २ मा पर्ने वातावरणमैत्री उद्यान विकास क्षेत्रको पूर्व उत्तरमा रहेको ताललाई संरक्षण सम्बद्धनका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँबाट सहयोग रु. ५,००,०००।- (अक्षेरुपी पाँच लाख रुपैंया), डिभिजन वन कार्यालयबाट रु. १,००,०००।- (अक्षेरुपी एक लाख रुपैंया) र समूहको लगानीबाट रु. २,१६,१०७।- (अक्षेरुपी दुई लाख सोह्र हजार एक सय सात रुपैंया) गरी जम्मा रु. ८,१६,१०७।- (अक्षेरुपी आठ लाख स्रोह हजार एक सय सात रुपैंया) खर्चबाट उक्त ताल निर्माण ।
६. समूह क्षेत्रभित्र रहेको वातावरणमैत्री उद्यानक्षेत्र व्यवस्थित तथा संञ्चालन गर्नका लागि विभिन्न किसीमका संरचनाहरु निर्माण गरिएको साथै विभिन्न जातको फलफुलका विरुवा र जडीवुटिका विरुवाहरु रोपण गरिएको ।
७. समूहको वन क्षेत्रभित्र चोरीतस्करी नियन्त्रणका लागि बनहेरालु र समिति विच वनगस्ती राखिएको ।
८. समूहको अग्निपथ सरसफाईको लागि १ ओटा एयर भ्याकुमबाट २ वटा खरिद समूहमा ३ वटा बनाईएको ।
९. वातावरणमैत्री क्षेत्रलाई सरसफाई गर्नका निम्ती थप १ वटा घाँस काट्ने मेसिन खरिद गरिएको ।
१०. वातावरणमैत्री उद्यान पार्कमा आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन गराउन १ वटा घोडा खरिद गरिएको साथै तवेला निर्माण गरिएको इलेक्ट्रिक चखेपिङ्ग निर्माण गरि सञ्चालनमा ल्याइएको ।
११. वातावरणमैत्री उद्यान प्रवेशद्धारमा पुष्पवाटिकालाई थप आर्कषक बनाई विभिन्न प्रकृतिका फुलका विरुवाहरु रोपण गरिएको ।

Scroll to Top