असोज ७, २०८२
नारायणि सामुदायिक बन उपभोक्ता समुह, गैंडाकोट ६, ७ र ९, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरद्वारा दिगो वन व्यवस्थापन कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
समुहका पदाधिकारी, उपभोक्ता सदस्यहरू तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न कार्यक्रममा दिगो वन व्यवस्थापनको अवधारणा, कार्ययोजना निर्माण प्रक्रिया, वन स्रोतको संरक्षण तथा सदुपयोग, जैविक विविधता संरक्षण र समुदायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमले उपभोक्ता सदस्यहरूलाई दिगो वन व्यवस्थापनका विषयमा सचेत गराउँदै आगामी दिनमा प्रभावकारी रूपमा कार्ययोजना कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले यस्ता कार्यक्रमले सामुदायिक बनको दीर्घकालीन संरक्षण र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
