१३औँ साधारण सभा सम्पन्न

मङ्सिर २२, २०८२

नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट वडा नं. ६, ७ र ९ ले आज आफ्नो १३औँ साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल प्रमुख उपस्थितिको रूपमा सहभागि भएका थिए। सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सामुदायिक वन क्षेत्रभित्र रहेका सुकुम्बासी व्यवस्थापनका मुद्दाहरू समाधान गर्न मन्त्रिपरिषद् तहबाट दीर्घकालीन नीति आवश्यक रहेको जोड दिँदै नारायणी सामुदायिक वनले सदस्य केन्द्रित हक हितमैत्री, पारदर्शी र परिणाममुखी कार्यक्रममार्फत उदाहरणीय भूमिका निर्वाह गरिरहेको भन्दै मन्त्री पौडेलले प्रशंसा गरे ।

तेह्रौँ साधारण सभाका अवसरमा आफ्ना कुल सदस्यहरूलाई कृषिमा प्रोत्साहन हेतु पाँच किलाका दरले जैविक मल समेत प्रदान गरेको थियो। कुल एक हजार ३०५ सदस्य रहेको समूहले समुदायका लागि सीपमूलक तालिम, विपन्न परिवार सहयोग, विपद् व्यवस्थापन उपकरण सहयोग, विद्यालय तथा सामुदायिक संरचना मर्मत सम्भार, दाउरा-घाँस व्यवस्थापन, वन पैदावरको उपयोग तथा संरक्षण कार्यक्रमलगायत गतिविधि सञ्चालन गरेको विवरण साधारण सभामा प्रस्तुत गरिएको थियो। कार्यक्रममा वार्षिक प्रतिवेदन, आय-व्यय, आगामी वर्षका योजना तथा संरचनागत प्रस्तावहरू प्रस्तुत गरिँदा सहभागीहरूले पारदर्शिता, वन संरक्षण र प्रभावकारी समुदाय-केन्द्रित कार्यक्रम निर्माणका लागि सुझाव दिएका थिए।

Spread the love
Scroll to Top