हाम्रो बारेमा
प्रस्तावना
प्रस्तावना :
जिल्ला नवलपरासी (ब.सु.पू.) गैंडाकोट नगरपालिका–६, ७ र ९ का स्थानीय बासिन्दाहरूले परापूर्वकालदेखि संरक्षण, संवर्द्धन तथा सदुपयोग गर्दै आइरहेको वनलाई नेपाल सरकारको वन ऐन, २०७६, वन नियमावली, २०७९, गण्डकी प्रदेश वन ऐन, २०८०, गण्डकी प्रदेश वन नियमावली, २०८१ तथा सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन, २०८१ बमोजिम संरक्षण, व्यवस्थापन र दिगो सदुपयोग गर्दै आएका छन्।
उक्त वनको संरक्षण र व्यवस्थापनमार्फत उपभोक्ताहरूलाई दैनिक आवश्यक पर्ने वन पैदावार तथा वनबाट सिर्जित विभिन्न पारिस्थितिकीय सेवाहरूको सहज आपूर्ति गर्दै वन पैदावारमा आत्मनिर्भर बनाउने, काष्ठ तथा गैरकाष्ठ वन पैदावारको व्यवस्थापन तथा विक्री–वितरणमार्फत उपभोक्ताको जीवनस्तर अभिवृद्धि गर्ने र वन उपभोक्ताहरूलाई संस्थागत रूपमा सशक्त बनाउने उद्देश्यले उपभोक्ता समूहको सर्वसम्मत निर्णय अनुसार वि.सं. २०७० सालमा “नारायणी सामुदायिक वन उपभोक्ता समूह” गठन एवं दर्ता गरिएको हो।
ऐतिहासिक पृष्ठभुमि
ऐतिहासिक पृष्ठभुमि:
नारायणी सामुदायिक वन नवलपरासी(ब.सु.पू.) जिल्लाको पूर्वी भागको गैडाकोट नगरपालिका अन्तरगत पर्ने वडा नं. ९ मा पर्दछ । यस वनका उपभोक्ताहरु गैडाकोट नगरपालिका वडा नं. क्रमश ६, ७ र ९ का बासिन्दा हुन । यी बन कुल क्षेत्रफल ४७०.४३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। परापूर्व कालदेखी यस वनलाई संरक्षण र उपभोग गर्दै आएका स्थानीय वासिन्दाहरुको भनाई अनुसार यस भूभागमा अन्दाजी २०० वर्ष देखी मानिसहरुको बसोबास हुन थालेको अनुमान गरिन्छ। २००७ साल भन्दा अगाडी यस क्षेत्रमा वसोवास गर्ने मूख्य जातीहरुमा कुमाल, दनुवार दराई, माझी, वोटे रहेका थिए। यस क्षेत्रलाई मानव बस्तिको रुपमा विकास गर्नका लागि उक्त जातीहरु तनहुँ जिल्लाबाट आई वस्तिको रुपमा विकास हुन थाले पश्चात अन्य जिल्लाबाट मानिसहरु बसाई सरि आउने क्रम सँगै यस क्षेत्रको घना जंगलको तीव्ररुपमा विनाश हुन थाल्यो । मानव वस्ति विस्तारको साथै चितवन जिल्लाको बजार विस्तार हुँदै गर्दा त्यहाँ आवश्यक काठ र दाउराको आपुर्ति अवैधानिक तरिकाले यसै वन क्षेत्रवाट भएकोमा ठूला ठूला रुखहरुले भरिएको जंगल राता नांगा डाँडामा परिणत हुन थाले। अनियन्त्रित चरिचरण, खोरीया फडानी र आगलागिले समेत वन क्षेत्र पूर्णरुपमै सखाप हुदै जान थाल्यो । वन्यजन्तु र चराचुरुङ्गीहरु वासस्थानको खोजीमा अन्यन्त्र जान थाले। एवम् रीतले वने विनाश कार्य दिन प्रतिदिन बढ्दै गयो र वन उजाड र नांगो हुँदै गयो । यसरी वन विनाश हुदै गईरहने क्रममा विशेष गरेर २०३६ साल देखी २०४७ साल सम्म व्यापक रुपमा वन अतिक्रमण र अवैधानिक फंडानी भईरहेको अवस्थामा यहाँका स्थानीय, बुद्धिजीवि, भद्र भलाद्मी, सरोकारवाला सम्वन्धित निकायको पहलमा वातावरणीय असन्तुलन आउन सक्ने ठाँनी बनको संरक्षण कार्य प्रारम्भ भएको थियो। यसै क्रममा तत्कालिन गैडाकोट गा.वि.स.को गठन पश्चात वन जंगल विनाशलाई रोक्नको लागि भईरहेका विभिन्न पहल अन्तर्गत २०४९ भाद्र १५ गते गा.वि.स.को पहलमा स्थानीय राजनीतिक पार्टिका तथा विभिन्न संघ संस्थाका प्रतिनिधि रहने गरि गा.वि.स. स्तरीय वन संरक्षण समिति गठन गरि सो अनुरुप वन ऐन २०४९ र नियमावली २०५१ वमोजिम २०५३ मा जिल्ला वन कार्यालय वाट विधिवत रुपमा नन्दन सामुदायिक वनको विधान दर्ता भयो । नन्दन सामुदायिक वनको १५औ साधारण सभाले वन लाई संरक्षण, सम्वर्धन र सदुपयोग गर्न असजिलो भएको र उपभोक्ताहरुलाई घरपायक पर्ने गरी वन पैदावार निकाल्न असिजिलो भएकाले साधारण सभाले नै समुह विभाजनको निर्णय गर्यो। सोही अनुरुप नन्दन सामुदायिक वनबाट छट्टिएर नारायणी सामुदायिक वन भएको हो ।
संक्षिप्त परिचय
संक्षिप्त परिचय:
१. संरक्षण प्रारम्भः २०५१ साल
२. प्रथम भेलाबाट समिति चयन मितिः २०७० चैत्र ८ गते ।
३. कार्यसमिति संख्या : १५ जना (८ जना महिला र ७ जना पुरुष)
४. विधान तथा कार्ययोजना हस्तान्तरण मितिः २०७० चैत्र १९ गते
५. सामुदायिक वनको क्षेत्रफलः ४७०.३ हेक्टर
६. घरधुरी सङ्ख्या : १,३०५ (घरधुरी सर्वेक्षण तथ्यांक २०८२)
७. जनसंख्या : ५,२२२ जना (महिलाः २,५४८ र पुरुष : २,६७४)
८. जग्गाको स्वामित्व : नेपाल सरकार
९. चार किल्ला
पूर्वः नन्दन समुदायिक वनको पश्चिमी सिमाना किचकने खोला ।
पश्चिमः मुकुन्दसेन सामुदायिक वन समूहको पूर्वी सिमाना खरखरे खोला।
उत्तर : कालिगण्डकी सामुदायिक वन उपभोक्ता समूहको दक्षिणी सिमाना हुँदै सृजना कबुलियति वनको लायन डाँडा ।
दक्षिण : राजमार्ग वडा नन। ९ को आवादी क्षेत्र किचकने खोला सम्म ।
१०. वनको किसिम : प्राकृतिक
११. कार्ययोजना अवधि १० वर्ष (२०८२ देखि २०९२ सम्म)
१२. मुख्य प्रजाति : साल, अस्ना, कर्मा, सादन, सतिसाल, चिलाउने आदि ।
१३. वनमा पाइने वन्यजन्तुहरु : बाघ, बँदेल, मृग, बाँदर आदि ।
१४. चरा चुरुङ्गीहरु : मयुर, सुगा, मैना, कोइली, ढिकुर, चिवे, लाटोकोसेरो, डाङ्गे, वन कुखुरा आदि ।
१५. कार्यरत कर्मचारी संख्या : ५ जना । (कार्यालय सचिव : १ जना, वन हेरालु : ४ जना)
उद्देश्यहरु
उद्देश्यहरु :
विगत लामो समयदेखि संरक्षण गर्दै आएको राष्ट्रिय वनलाई सामुदायिक वनको रुपमा विकास गरी वन संरक्षण, वातावरणीय सन्तुलन कायम राख्दै बनाउँदै लैजाने लक्ष्य रहेको छ । मुलभूत रुपमा यस समूहको उद्देश्य निम्न रहेको छ।
(क) सामुदायिक वनको संरक्षण एवम् विकास गर्ने ।
(ख) वन व्यवस्थापनबाट कोष बढाउने र वन विकासका साथै अन्य सामाजिक विकासका कार्यहरु गर्ने ।
(ग) समूह सशक्तिकरणका माध्यमबाट समूहको संस्थागत विकास गर्ने ।
(घ) वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षण हुने तवरबाट वनको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गर्ने ।
(ङ) समूहमा आबद्ध उपभोक्ता सदस्यहरुको सासमाजिक, सांस्कृतिक तथा धार्मिक सकारात्मक मूल्य मान्यतालाई बढावा दिई समूहलाई एकताबद्ध बनाई दरिलो बनाउने ।
(च) लोप हुन लागेका वनस्पति एवम् जीवजन्तुहरुको संरक्षण गर्ने ।
(छ) समाजमा विद्यमान लैंगिक विभेदलाई न्यूनिकरण गर्ने ।
(ज) पर्या-पर्यटनलाई आकर्षण गर्ने उपायको खोजी गरी त्यसको विकास गर्ने ।
(झ) वन क्षेत्रको संरक्षणमा आम उपभोक्ता परिचालन गरी चोरी निकासी, अतिक्रमण जस्ता कार्यमा वन कार्यालयसँग समन्वय गरी सहयोग आदान प्रदान गर्ने ।
(ञ) अन्य सरकारी तथा गैर सरकारी संघ संस्था, सम्बन्धित निकाय वा व्यक्तिहरुसँग सहकार्य र समय गरी समूहलाई सक्रिय ढंगबाट अगाडि बढाउने ।

Mission (ध्येय)
वन स्रोतको संरक्षण, संवर्धन र दीगो व्यवस्थापन गर्दै वातावरणीय सन्तुलन कायम गर्नु तथा उपभोक्ता सदस्यहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउनु हो।

Vision (दृष्टि)
सहभागितामूलक, पारदर्शी र उत्तरदायी व्यवस्थापनमार्फत नारायणी सामुदायिक वनलाई हराभरा, जैविक विविधताले सम्पन्न र समुदायको दिगो विकासको आधार बन्ने नमुना सामुदायिक वनका रूपमा स्थापित गर्नु।

Goal (लक्ष्य)
वन क्षेत्रको दीगो संरक्षण र व्यवस्थापन गर्दै जैविक विविधताको रक्षा गर्नु, वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्नु तथा उपभोक्ता सदस्यहरूको सिप, क्षमता र आयआर्जनका अवसरहरू विस्तार गर्नु।
अध्यक्षको मन्तव्य

अध्यक्ष : नेत्रराज सापकोटा
(फोन नं: ९८५५०१२९६६)
“दिगो विकासका लागि वन व्यवस्थापन” भन्ने मूल नारालाई आत्मसात् गर्दै नारायणी सामुदायिक वन उपभोक्ता समूह निरन्तर रूपमा वन संरक्षण, संवर्द्धन र विकासका कार्यमा अग्रसर हुँदै आएको छ। यस अभियानमा अग्रज, संस्थापक तथा सम्पूर्ण उपभोक्ताको सक्रिय सहभागिता र निरन्तर सहयोगले समूहलाई सशक्त र गतिशील बनाएको छ।
जिम्मेवारी सम्हालेयता वन विकासतर्फ अग्निपथ निर्माण, वृक्षारोपण, सिमसार ताल व्यवस्थापन, आगलागी न्यूनीकरण, तथा वातावरणमैत्री उद्यान पार्कको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उद्यान क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण, स्वच्छ खानेपानी, विद्युत्, मनोरञ्जनात्मक संरचना लगायतका कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।
यसका साथै गरिब तथा विपन्न परिवारका लागि घर तथा शौचालय निर्माण, स्वास्थ्य बीमा, औषधि उपचार, छात्रवृत्ति, राहत वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समेत प्रभावकारी रूपमा सञ्चालन गरिएका छन्। समूहको कार्ययोजना नवीकरण प्रक्रिया दिगो वन व्यवस्थापन प्रणालीलाई आधार मानी अगाडि बढाइएको छ।
अग्रजहरूले देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गर्दै नीति, नियम र विधानको पालना गर्दै यस समूहलाई उदाहरणीय बनाउने हाम्रो साझा प्रतिबद्धता हो। यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।
मिति २०८१ भदौ २९ गतेको अधिवेसनबाट निर्वाचित
कार्य समिति
अध्यक्ष: नेत्रराज सापकोटा
उपाध्यक्ष: धनपति सापकोटा
सचिव: सीता गिरी (वन)
कोषाध्यक्ष विमला मगर
सहसचिव: कुलप्रसाद सापकोटा
सदस्य: दिल बहादुर श्रेष्ठ
सदस्य: देवीकला सापकोटा
सदस्य: रविलाल कंडेल
सदस्य: जोगमाया सुनारी मगर
सदस्य: सिता देवि गौडेल
सदस्य: तारा भुषाल
सदस्य: मिना नेपाली
सदस्य: लक्ष्मी कुमाल
सदस्य: रामकृष्ण
सदस्य: जीवन सापकोटा
लेखा समिति
संयोजक: लक्ष्मी चौधरी
सदस्य: दिपादेवी सापकोटा
सदस्य: चुडामणि सापकोटा

अन्य उपसमिति
सल्लाहकार समिति
दिनानाथ त्रिपाठी
नारायण पौडेल
प्रेम प्रसाद सापकोटा
अग्नि प्रसाद सापकोटा
वेद प्रसाद चालिसे
उमा कुमारी पाण्डे
अनुगमन तथा मुल्याङ्कन समिति
संयोजक: मोतिलाल ढुङ्गाना
सदस्य: भद्रकली घर्ति मगर
सदस्य: फुलमाया पोख्रेल
खरिद उपसमिति
संयोजक: नेत्रराज सापकोटा
सदस्य: विमला मगर
सदस्य: हरि प्रसाद सापकोटा
निर्माण उपसमिति
संयोजक: धनपति सापकोटा
सदस्य: दिल वहादुर श्रेष्ठ
सदस्य: रविलाल कंडेल
सदस्य: मिना नेपाली
सदस्य: जीवन सापकोटा
कर्मचारीहरु
हरि प्रसाद सापकोटा (कार्यालय सहायक)
यज्ञ बहादुर श्रेष्ठ (वन हेरालु)
सन्त बहादुर कुमाल (वन हेरालु)
गोकर्ण वन सन्यासी (माली)
अभिनन्दित महानुभावहरु
क) लक्ष्मण त्रिपाठी
ख) मणिभद्र कँडेल
ग) तिलबहादुर सार्की
घ) तेजेन्द्र सुवेदी
ङ) प्रेम प्रसाद सापकोटा
च) बालुराम कुमाल
छ) बालकृष्ण पौडेल
ज) शालिकराम सापकोटा
पुर्व कार्यसमिति
संस्थापक समिति र विभिन्न उपसमितिहरु (२०७०)
संस्थापक समिति
अध्यक्ष खगराज सापकोटा
उपाध्यक्ष प्रेमप्रसाद सापकोटा
सचिव दिननाथ त्रिपाठी
कोषाध्यक्ष नामकुमारी सापकोटा
सहसचिव वेद प्रसाद चालिसे
सदस्य मणिभद्र कँडेल
सदस्य तिलबहादुर मेजर
सदस्य बालुराम कुमाल
सदस्य बुद्धिसागर सापकोटा
सदस्य उमाकुमारी पाण्डे
सदस्य शालिकराम सापकोटा
सदस्य दुर्गादत्त कँडेल
सदस्य लक्ष्मी दरै
सदस्य लक्ष्मीप्रसाद चौधरी
सदस्य पवित्रा खनाल
लेखा सुपरिवेक्षण समिति:
संयोजक होमनाथ सापकोटा
सदस्य कृष्ण रिजाल
सदस्य नेत्रराज सापकोटा
सल्लाहकार समिति:
संयोजक लक्ष्मण त्रिपाठी
सदस्य गंगाबहादुर पाण्डे
सदस्य नारायण पौडेल
सदस्य प्रेम बहादुर अकेला
सदस्य धनमाया सापकोटा
अनुगमन समिति:
संयोजक जीवन कँडेल
सदस्य गमता पाण्डे भट्टराई
सदस्य तोयनाथ कँडेल
पुर्व कार्यसमिति (२०७२)
पुर्व समिति
अध्यक्ष खगराज सापकोटा
उपाध्यक्ष प्रेमप्रसाद सापकोटा
सचिव दिननाथ त्रिपाठी
कोषाध्यक्ष नामकुमारी सापकोटा
सहसचिव वेद प्रसाद चालिसे
सदस्य मणिभद्र कँडेल
सदस्य तिलबहादुर मेजर
सदस्य बालुराम कुमाल
सदस्य बुद्धिसागर सापकोटा
सदस्य उमाकुमारी पाण्डे
सदस्य शालिकराम सापकोटा
सदस्य दुर्गादत्त कँडेल
सदस्य लक्ष्मी दरै
सदस्य लक्ष्मीप्रसाद चौधरी
सदस्य पवित्रा खनाल
पुर्व कार्यसमिति (२०७५)
पुर्व समिति
पद नाम/थर
अध्यक्ष दिनानाथ त्रिपाठी
उपाध्यक्ष वेद प्रसाद चालिसे
सचिव उमा कुमारी पाण्डे
कोषध्यक्ष नेत्रराज सापकोटा
सह-सचिव लक्ष्मी प्रसाद चौधरी
सदस्य नाम कुमारी सापकोटा
सदस्य मोतिलाल ढुङ्गाना
सदस्य दिल बहादुर श्रेष्ठ
सदस्य सीता गिरि
सदस्य भद्रकलि घर्ति मगर
सदस्य देविकला सापकोटा कंडेल
सदस्य कोपिलामणि गिरि
सदस्य शान्ति सार्की
सदस्य जित बहादुर कुमाल
सदस्य विनु कुमाल
पुर्व कार्यसमिति (२०७८)
पुर्व समिति
पद नाम/थर
अध्यक्ष दिनानाथ त्रिपाठी
उपाध्यक्ष वेद प्रसाद चालिसे
सचिव उमा कुमारी पाण्डे
कोषध्यक्ष नेत्रराज सापकोटा
सह-सचिव लक्ष्मी प्रसाद चौधरी
सदस्य नाम कुमारी सापकोटा
सदस्य मोतिलाल ढुङ्गाना
सदस्य दिल बहादुर श्रेष्ठ
सदस्य सीता गिरि
सदस्य भद्रकलि घर्ति मगर
सदस्य देविकला सापकोटा कंडेल
सदस्य कोपिलामणि गिरि
सदस्य शान्ति सार्की
सदस्य जित बहादुर कुमाल
सदस्य विनु कुमाल
