२०८२/०८३ का लागि प्रस्ताविक कार्यक्रम
वन संरक्षण, सम्वर्द्धन तथा विकास कार्यक्रम
– वन संरक्षण, सम्वर्द्धन तथा विकासका लागि वन हेरालुहरुलाई सेवा सुविधा प्रदान गरि विभिन्न तालिम दिई सशक्त रुपमा काममा लगाईने छ ।
– समुहको वन क्षेत्र भित्र को खाली ठाँउमा विभिन्न प्रजातिका फलफुल एवं जडिवुटि जन्य विरुवाहरु वृक्षारोपण कार्यक्रम गरिने छ ।
– वन क्षेत्रमा गर्मियाममा लाग्न सक्ने डढेलो नियन्त्रणका लागि गोष्ठी तालिम संचालन सुचना प्रसारण साथै समिति उप समिति एवं म्यादी वन हेरालु परिचालन गरिने छ।
– वातावरण मैत्री उद्यान विकास क्षेत्रमा पानीको फोहरा चमेना गृह सेमिनार हल, पुप्प वाटिका निर्माण गरिने छ ।
– अग्नि पथ निर्माण तथा सरसफाई एवं वन क्षेत्रको खण्ड एकिन गरि एक्ल्याउने पत्ल्याउने कार्यलाई निरन्तरता दिईने छ ।
– वन क्षेत्र भित्र रहेको वन देवि मन्दिर ताल संरक्षण कार्यलाई निरन्तरता दिईने छ ।
– समुहको वातावरण मैत्री उद्यान विकास क्षेत्रमा गुरुयोजनाका आधारमा संरचनागत विकास निर्माण गरिने छ ।
– वन क्षेत्रमा रहेका पानीका मुहान (श्रोत) लाई संरक्षण तथा सरसफाई गरिने छ ।
– समुहले वन वातावरण तथा जैविक विविधता सम्वन्धित विषयमा उपभोक्ता सदस्यहरु प्रशिक्षण सचेतना कार्यक्रमलाई यस बर्ष निरन्तरता दिईने छ ।
– सामुदायिक वनलाई दिगो रुपले व्यवस्थापन गराउनका लागि अध्ययन अवलोकन भ्रमणको आयोजनालाई निरन्तरता दिईने छ ।
– एक्ल्याउने पत्ल्याउने कार्ययोजना निर्माण गरि सो कार्यलाई यस बर्षपनि निरन्तरता दिईने छ ।
– वातावरण मैत्री उद्यान विकास क्षेत्रमा प्लास्टिक जन्य वस्तुहरुको प्रयोग लाई नित्साहित वन पैदावारमा आधारित उद्यम विकाश कार्यक्रम संचालनमा ल्याइने छ ।
– प्राचिन काल खण्डदेखि प्रयोगमा आईरहेका र हाल लोप उन्मुख बस्तुहरुलाई संरक्षण गर्दै लगिने छ। जस्तै लुठेपिङ्ग ढिकीजातो आदी।
– वन हेरालुलाई समुहले मोबाइल उपलब्ध गराई GPS जडान गराइने छ ।
– वातावरण मैत्री उद्यान विकास क्षेत्रमा फ्रि वाईफाई एवं सिसि क्यामरा जडान साथै उक्त क्षेत्रमा रहेका बोट विरुवाहरुको जात नम्बरीङ गरिने छ ।
– वनभित्र गरिने कार्यलाई वार्षिक क्यालेन्डर बनाई सोही अनुरूप अगाडि बढिने छ ।
– वनगतिविधि भित्र ड्रोनद्वारा अनुगमन गरिने छ ।
– समुहको वन क्षेत्रमा रहेको विधुत प्रसारण लाईन हाइटन्सेन मुनि पर्ने जग्गामा विपन्न लक्षीत कार्यक्रम् गरिने छ जस्तै अम्रिसो, डाले घाँस, तरुल, बेसार जस्ता खेती गरिने छ । तितेपाती, शिललचिनी वृत्तारोपण गरिने छ ।
– अग्नि नियन्त्रण कार्यका लागि नयाँ प्रविधियुक्त मेसिनहरु प्रयोग ल्याइ वन संरक्षण कार्यलाई प्रभावकारी बनाईने छ ।
– वनजोगाऊ हरियाली वढाऊ भन्ने युक्तिलाई सार्थक बनाउदै कार्बन सन्चिती बढाउन वृक्षारोपण कार्यलाई सशक्त रुपमा अगाडि बढाइने छ ।
– नियमित गस्ती र अनुगमनलाई प्राथमिकतामा राखिने छ ।
संस्थागत विकास तर्फ
– समुहको दैनिक कार्य संचालनका लागि कर्मचारीहरुलाई तालिम गोष्ठीको व्यवस्थापन मिलाईने छ ।
– समुहको कार्यालयमा आवश्यकता अनुसार कार्यालय संचालनका साम्राग्रीहरु खरिद गरिने छ।
– समुहको संस्थागत विकासका लागि निर्माण गरिएका कार्यालयहरुको व्यवस्थापन गरिने छ ।
– समुहको वातावरण मैत्री उद्यानमा विकास क्षेत्रमा रहेको कार्यालयको हल सानो भएको हुदाँ पश्चिम तर्फ बाट केही भाग थप गरि ठुलो वनाईने छ।
– डिजिटल प्रविधिको विकास गरि वितरण कार्यमा पारदर्शिता ल्याइने छ। (online सदस्यता र काठदाउरा ब्यवस्थापन मोबाइल एप, जंगलको रिपोर्ट गर्ने सुविधा)
– समुहको कार्य गर्ने सिलसिलामा सम्र्पक समन्वयको लागि यातायात तथा इन्धनको व्यवस्थापन गरिने छ।
– संस्थागत विकास एवं व्यवस्थापनको लागि अध्ययन अवलोकन गराईने छ ।
– समुहको कार्यविधिलाई पारदर्शिता वनाउनका लागि आर्थिक तथा प्रशासनिक कर्मचारी नियावली निर्माण गरि लागु गरिने छ ।
– समुहका कार्यालयका श्रोत साधनहरुको मर्मत तथा संम्भार एवं नविकरण गरिने छ ।
– समुहको कार्यालय ब्यवस्थापनको लागि आवश्यक कर्मचारी थप गरिने छ ।
– समुह कार्यसमिति लेखा अन्य उपसमिति कर्मचारीहरुको दुर्घटना विमा कार्यलाई निरन्तरता दिईने छ।
– बेनामी विना कार्यक्रम सञ्चालनमा ल्याईने छ ।
महिला शसक्तिकरण तथा गरिव विपन्न जिविकोपार्जन कार्यक्रम
– समुहको कार्य क्षेत्रमा बसोवास गर्ने गरिव विपन्न परिवारको समुहले तयार पारेको सुचीकृतको आधारमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरिने र काठ दाउरा निःशूल्क तथा ५० प्रतिशत मुल्य लिई दिने कार्य लाई निरन्तरता दिईने छ ।
– गरिव विपन्न एवं अन्य उपभोक्ता सदस्यहरुलाई दैविक प्रकोप परेको बेलामा आवश्यक सहयोग गरिने छ।
– गरिव विपन्न उपभोक्ता सदस्यहरुको रोजगार एवं जिविकोपार्जन कार्य सगै जोड्दै लगिने छ ।
– गरिवी न्युनिकरणका लागि महिला सशक्तिकरण लाई प्रथामिकतामा दिदै सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भर गराई आर्यआर्जनमा बृद्धि हुने कार्यक्रम संञ्चालन गरिने छ।
– अर्गानिक तरकारी खेती गर्ने किसानका लागि प्रोत्साहनमा आधरित अनुदान कार्यक्रम ल्याइने छ।
– गरिव विपन्न उपभोक्ता सदस्यहरुको स्वाथ्य विमा कार्यक्रम लाई निरन्तरता दिईने छ ।
– कृषि तथा पशुपालक कृषकलाई कृषकलाई तालिमको व्यवस्थापन मिलाई आवश्यक सहयोग गरिने छ।
सामाजिक विकासतर्फ
– समूह क्षेत्र भित्र रहेका धर्मिक मठ मन्दिर सामाजिक संघसस्था, स्वास्थ्य, शिक्षा, खेलकुद विकासका लागि आर्थिक सहयोग तथा अन्य सामाग्री सहयोग गरिने छ ।
– समूह क्षेत्र भित्रका उपभोक्ता सदस्यहरुको मृत्युबरणमा दाहसंस्कारको लागि निःशुल्क दाउरा उपलब्ध गराउदै आएकोमा यस बर्षबाट ढुवानको समेत व्यवस्था गरिने छ ।
– समुहको कार्यक्षेत्र अन्र्तगतका उपभोक्ता सदस्यहरुको असक्त फरक क्षमता एवं असाहयहरुको लागि सहयोग गरिने छ ।
– ८० बर्ष पुरा भएका जेष्ठ नागरिक उपभोक्ता सदस्यहरुलाई सम्मान तथा आवश्यकताका आधारमा सहयोग गरिने छ ।
– समुह क्षेत्र अन्र्तगत सबै टोल विकास संस्थाहरुमा उज्यालो कार्यक्रम अन्र्तगत टोल बत्तीको व्यवस्था गरिने छ ।
– समुहमा कार्यरत कर्मचारीहरुको दुर्घटना एवं योगदानलाई मध्येनजर गदै बार्षिक आम्दानीको ५ प्रतिशत रकम जम्मा गर्ने नीतिलाई निरन्तरता दिईने छ।
– समुह क्षेत्रमा वसोवास गर्ने विपन्न उपभोक्ता सदस्यलाई वनमा पुऱ्याएको योगदानका आधारमा सुधारिएको चुलो, इन्डक्सन चुलो, वायोविग्रेटमा अनुदान दिने व्यवस्था मिलाइने छ।
– मृत्युवरण पछिको संस्कार पूजा पाठ विवाह ब्रतवन्ध आदि कार्यका लागि समुहले ५० प्रतिशत छुटमा बढीमा २ क्युन्टेल दाउरा उपलब्ध गराइने छ ।
वन पैदावार सदुपयोग कार्यक्रम तर्फ
– समुहले आ.व. २०८२/०८३ का लागि वन पैदवार सदुपयोग अन्र्तगत वन क्षेत्रमा भएका ढलापढा सुखतखडा अर्धमरा रुखहरुको छपान संकलन नाप जाँच कटान मुछान कार्ययोजना अनुसार सव डिभिजन डिभिजन वन कार्यालय बाट स्विकृत लिई संकलन तथा सदुपयोग गरिने छ ।
– नेपाल सरकार बाट जारी वन नियावली बमोजिम समुहले संकलित काठ दाउराको आन्तरिक बिक्री वितरण दररेट (मुल्य) सो बमोजिम हुने छ।
– काठ दाउरा संकलनका समयमा खटिने वन प्राविधिक समुहका निकासि समिति लाई खाना तथा भत्ताको व्यवस्था गरिने छ ।
– वन पैदावार संकलन गर्दा आवश्यक औजार खरिद गरिने छ ।
– वन पैदावार संकलन गर्दा सार्वजनिक सुचना मार्फत संकलन कामदार ज्याला कोटेशन खुलाई वा जिल्ला दररेट बमोजिम गरिने छ ।
– वन पैदवार संकलनका समयमा खटिने समिति कामदारहरुको दुर्घटना विमाको व्यवस्थापन समुहले गर्ने छ ।
– संकलित काठ दाउरा आन्तरिक बिक्री वितरण गर्दा खटिने समितिलाई खाजा भत्ताको व्यवस्था गरिने छ।
– कृषकले पालेका बस्तु बाख्राको लागि घाँस तथा चरिचरण र जीवजन्तुको संरक्षण, जडिबुटी लगायतका बोटविरुवाका बारेमा उपभोक्ता सदस्यज्यूहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने छ ।
