वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सम्पन्न
नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट–६, ७ र ९ ले आफ्नो स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत आज मिति २०८३ साल असार २७ गते विभिन्न सामाजिक, शैक्षिक तथा जनकल्याणकारी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
यस अवसरमा गरिब तथा विपन्न परिवारका लागि घर शिलान्यास, खानेपानीका धारा निर्माण, स्वास्थ्य बीमा कार्ड वितरण, विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण, छात्रवृत्ति वितरण, उज्यालो टोल कार्यक्रम तथा महिला सशक्तिकरण कार्यक्रम लगायतका गतिविधिहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, जनप्रतिनिधिहरू, उपभोक्ता सदस्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र साथ दिनुहुने सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, उपभोक्ता सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट–६, ७ र ९ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
