वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८३ असार १४ गते,
वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालयको आयोजनामा तथा नारायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा आज समूहको वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, उपभोक्ता सदस्यहरू तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरेका थिए।
यस महत्वपूर्ण कार्यक्रममा आफ्नो अमूल्य समय दिई सहभागिता जनाउनुहुने सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति नारायणी सामुदायिक वन उपभोक्ता समूह हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
कार्यक्रमका केही झलकहरू :

