२१ दिने घरायसी प्राविधिक सीप विकास तालिम

सीप विकासमार्फत आत्मनिर्भर महिलातर्फ अर्को महत्वपूर्ण कदम

गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ कार्यक्षेत्र रहेको श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन भएको २१ दिने घरायसी प्राविधिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

यस तालिममा ६० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले:
– घरायसी बिजुली वायरिङ
– धारा जडान तथा प्लम्बिङ
– एसी मर्मत
– फ्रिज मर्मत
– इलेक्ट्रिक कुकर लगायतका विद्युतीय सामग्रीहरूको मर्मत सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गर्नुभएको छ।

यस प्रकारका सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगारमुखी र आर्थिक रूपमा सशक्त बन्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सफलताको हार्दिक बधाई तथा तालिम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद।

Spread the love
Scroll to Top